पोखरामा चेम्बर अफ कमर्स गण्डकीको ‘अन्तर्राष्ट्रिय व्यवसाय सम्बन्धी’ अन्तरक्रिया
पाेखरा | चैत २०, २०८२
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।
चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, ज्ञान तथा अनुभव आदान–प्रदान गर्ने, नयाँ व्यापार र लगानीका अवसरहरू पहिचान गराउने उद्देश्यसहित गण्डकी प्रदेश समितिको आयोजनामा शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेश राज श्रेष्ठले हीरक जयन्तीको ब्यानर सार्वजनिक गर्दै उद्घाटन गरे ।
सो अवसरमा हीरक जयन्ती समारोहका संयोजकसमेत रहेका श्रेष्ठले विभिन्न क्षेत्रका उद्योगपति तथा व्यवसायीहरुमाझ आफ्ना व्यवसायीक अनुभव सुनाए ।
उनले विशेष गरी बाह्य मुलुकसँग व्यापारिक सम्बन्ध बनाउन सके सफल व्यवसायी बन्न सकिने धारणा राखे ।
चीनको कोरला नाका खुला भइसकेकाले चीनबाट समाग्री नेपाल भित्राउन सकिने सुझाव दिँदै त्यसका लागि आफ्नो तर्फबाट र नेपाल चेम्बर अफ कमर्सको तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।
यस्तै चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनारले संस्थाले व्यवसायीक हक हितको पक्षमा मात्र नभई सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको स्मरण गराए ।
उनले समसामयीक राजनीतिको सन्दर्भमा बोल्दै हालको सरकारले निजी क्षेत्रको लगानीकर्ताको मनोबल उच्च हुने खालका नीति तथा कार्यक्रमसहित बजेट ल्याउनुपर्ने धारणा राखे ।
नयाँ सरकारलाई अत्याधिक अवसर रहेको उल्लेख गर्दै सोही अनुसारको व्यवसायीमैत्री कानून तर्जुमा गर्नुपर्नेमासमेत जोड दिए ।
कार्यक्रममा विश्वव्यापी बजार प्रवृत्ति, आयात–निर्यातको सम्भावना, नवप्रवर्तन तथा व्यवसाय बिस्तारका रणनीतिहरू सम्बन्धी विषयहरुमा अन्तरक्रिया गरिएको थियो ।
चेम्बर अफ कमर्स गण्डकीका महासचिव देवराज शर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा गण्डकी प्रदेशभित्रका बागलङ, पर्वत, तनहुँ, स्याङ्जासँगै पोखराका व्यवसायी, उद्योगपति, विज्ञ तथा चेम्बर अफ कमर्स जिल्ला समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
हीरक जयन्तीको अवसरमा नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा ७५ जना महिलालाई सम्मानसमेत गरिसकेको छ भने, विभिन्न कार्यक्रमहरु आयोजना गरी हीरक जयन्ती मनाइरहेको छ ।
पोखरा । दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रका...
पोखरा: लेखक, इतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुइ पुस्तक बजारमा आएका छन् । ‘‘मगर जातिको इतिहास’’ र “भर्तीको फन्...
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पत्रकार मोहन घलेले आर्थिक सहयोग गरेका छन् । पत्रकार घलेले अक्षयकोषमा नगद १० हजार...

